Sunday, May 25, 2008

"The Romancers" प्रेमीहरू भाग-"५"

       यी बिभिन्न प्रकारका अपहरणमध्ये सबै कुरा मिसिएको युवा प्रेमिहरूले जिन्दगी भरि सम्झने खालको अपहरण होस् भन्ने बाहरुको इछ्या छ । पैसाको मतलब छैन । सबै साधन समाबेश भएको अब्बल दर्जाको अपहरण गर्ने योजना बनाएर स्ट्राफोरेल निस्कन्छ ।
       पैसा नतोकिकन भद्र, बिद्वान गएकोमा उनिहरू खुशी छन् । अब सबै कुरा मिलिसकेपछि पर्खाल भात्केर एउटै घर हुने भयो । र हिउँदमा शहर जाँदा पनि एउटै घर भाडामा लिए भयो । उनिहरू बगैचामा प्रबेशद्वार राख्ने रूख मुठार्ने, बाटोमा ढुंगा हाल्ने, फूलले आफ्नो नाम लेख्ने, पोखरी बनाउने, माछा पाल्ने, फोहरा राख्ने, सँगसँगै बुढेसकाल बिताउने योजना बनाउँछन् ।
       सिल्भेटी आफ्नो बाले बर्गामिनलाई समातेको देख्छे । र पर्सिनेटलाई पनि देखेपछि बाहरु झगडा गर्न थाल्छन् । तर छोराछोरी आई उनिहरुलाई छुट्याएर लैजान सफल हुन्छन् । "घर जान ढिलो भयो" भन्दै पर्सिनेट आफ्नो बुवालाई तानेर घर लैजान्छ । यसैगरी रिसले चुरिएको आफ्नो बुवालाई सिल्भेटी "शान्त बन्नुहोस् र आफ्नो बाथ रोगको बारेमा बिचार गर्नुहोस्" भन्दै लैजान्छे । सबै जना निस्कन्छन् ।
       साँझ पर्न लागेको छ । एकछिनसम्म मञ्च रित्तो हुन्छ । त्यसपछि स्ट्राफोरेल र उसका तरबारबाज, संगितकार आदि पार्कमा प्रबेश गर्छन । स्ट्राफोरेल भन्छ, "सफा आकाशमा एउटा तारा देखिसकियो, दिन सकिन लागिसक्यो ।" ऊ आफ्नो मानिसहरुलाई बस्ने ठाउँ देखाउछ । कुनै पनि बेला साँझको प्रार्थना शुरू हुन सक्छ र केटी आउन सक्छे । जून लागेको छ । उनिहरुको लुगा गजब छ । तरबार तयार छ । उलिनकाठ छाँयामा छ र बोक्ने कालाहरु पनि तयार छन । र उसको आदेश पाउनासाथ आउने गरी मसाल बोक्नेहरुलाई आदेश दिइन्छ । संगीतकारहरु गुलाबी प्रकाशको पृष्ठभुमिमा आएर बसेका छन । बाजावालाहरुको ठाउँ तोकिन्छ । ऊ मकुण्डो लगाएर तयार बस्छ ।
       बिस्तारै पर्सिनेट बोल्छ । अन्धकार बढ्छ र तारा देखिन्छ । "मेरो बुवा शान्त हुनु भयो- म यहाँ आउन सफल भएँ... साँझ परिसक्यो... हावामा रुखको अनि सुगन्धित वास्ना छ..." मधुर संगीत गुञ्जन्छ । "म नर्कट जस्तै हल्लिराखेको छु । मलाई के भयो ? उनि आउने बेला भैसक्यो" पर्सिनेट भन्छ । "यो मेरो साँझमा उनिसँग पर्ने पहिलो भेट हो । हावाले रेशमी कपडा जस्तै स्वार्र स्वार्र गरिराखेको छ । म फूल देख्न सक्दिन, आँखामा आँशु छ । तर सुंघ्न भने सक्छु । त्यो अग्लो रूखको टुप्पामा तारा छ । तर कसले बाजा बजाइराखेको छ ? रात पर्‍यो - अब उसका पुराना इच्छाहरू मृत्युशय्यामा पल्टन्छ, र जवान प्रेम उसको उत्तराधिकारी हुने चाहना गर्छ, त्यो सुन्दर ब्यक्ती जसको लागि प्रेम ज्यादै तड्पन्थ्यो, अब मर्नेछ आफ्नो जुलिएटसँग जोडा बनेर । अब रोमियो प्रेमी भएर फेरी प्रेम गर्नेछ । अनुहार अझै पनि लठ्ठ पार्ने खालको छ, तर उसका शत्रु उसले गुनासो गर्ला भन्ठान्छन् र डरलाग्दो बल्छि बाट उनले आहार लुटिन् । तर शत्रु उसले भनेर ठानिएकोले प्रेमिहरुले जस्तै प्रतिज्ञा उसले गर्न सक्नेछैन, उनि अति प्रेममा भएकीले नयाँ प्रेमी भेट्ने छैनन्, चाहनाले उनिहरूलाई शक्ती दिन्छ । अति मिठासले उनिहरूले आफ्नो तिब्र रिसलाई शान्त पारे ।
       टाढा घन्टी बजेको सुनिएपछि सिल्भेटी देखा पर्छिन । घन्टी बज्यो उनको प्रेमी प्रतिक्षा गरिराखेको होला भन्ने उनको सोचाई छ । सिठी बज्छ । स्ट्रफोरेल अगाडी देखा पर्छ, मसाल देखिन्छ । पेशेवर हत्याराहरू उनलाई समातेर जबर्जस्ती उलिनकाठमा हाल्छन । उनले "गुहार मलाई अपहरण गरियो" भनेपछि पर्सिनेट पर्खालबाट हाम्फाल्छ र तरवार निकालेर लड्न थाल्छ अरू भाग्छन् । स्ट्राफोरेल जमिनमा लड्छ । ऊ सिल्भेटी भन्दै दौडन्छ । पास्क्विनट आएर वीर पुरुष भनेर प्रशंसा गर्छ र आफ्नी छोरीलाई बचाएको भनेर हात मिलाउँछ सिल्भेटी र पर्सिनेट खुशी हुन्छन् । बर्गामिन मसाल बोकेका आफ्ना नोकर सहित आउछ । "तिम्रो छोरा वीर पुरुष हो । हाम्रो झगडा समाप्त गरेर केटाकेटीलाई खुशी पारौ" पास्क्विनट भन्छ । गंभीर भएर मेरो घृणा कम भयो भनेर बर्गामिन भन्छ । "हामीले सपना देखेको हो कि क्या हो ? सिल्भेटी, नत्रभने हाम्रो आवाजले हामीलाई बिउँझाउनु पर्ने" भनेर पर्सिनेट भन्छ । "झगडा सधैं बिहे गरेपछि सकिन्छ । अब शान्तसँग बसौ" बर्गामिन भन्छ । "मेरो बुवा यसरी बदलिनु होला भनेर कसैले सपनामा सोचेको थिएन" पर्सिनेट भन्छ । सिल्भेटी निर्दोष स्वरमा भन्छिन् "सबै कुरा आखिरिमा राम्रो हुन्छ भनेर मैले पहिले नै भनेको होइन ?" प्रेमिहरू पास्क्विनटसँग अर्कोतिर गएपछि स्ट्राफोरेलले हात उठाएर बर्गामिनलाई कागतको टुक्रा दिन्छ । "यो सही गरेको कागत के हो ?" भनेर उसले भनेपछि "मेरो बिल हो श्रीमान् भनेर झुक्दै" भनेर स्ट्रफोरेल फेरी भईमा सुत्छ ।

समाप्त

Sunday, May 04, 2008

What is Poverty? (गरीबी के हो ?) "2"

       ...गरीबी भनेको जाडो महिनाको रातमा आगोको झिल्को पत्रीका टाँसेको भित्तामा उडेर गएपछि निदाइराखेका केटाकेटी जलेर मर्लान् भन्ने डरले रातभरी जागा रहनु हो । गरीबी भनेको गर्मी याममा डाँस र झिङ्गाले तिम्रो बच्चाको आँशु पिएको हेरेर बस्नु हो । झ्यालढोकाको जाली च्यातिएको हुन्छ र तिमी यती थोरै घरभाडा तिर्छौ कि जाली फेरिएला भनेर तिमी ले ठानेकै हुँदैनौ । गरीबी भनेको खानेकुरामा, नाकमा किरा-फटेङ्ग्रा बस्नु र सुतेको बेलामा जिउभरि किरा-फटेङ्ग्रा हिंड्नु हो । गरीबी भनेको बर्षातको बेलामा टालो नसुक्ला भनेर पानी नै नपरोस् भन्ने आशा गर्नु हो र टालो नसुके समाचारपत्र प्रयोग गर्नुपर्ने हुन्छ । गरीबी भनेको सधैं आफ्ना बच्चाले सिङान चुहाइराखेको हेर्नु हो । कागतको रूमाललाई पैसा तिर्नुपर्छ र घरमा भएका टालाटुली अरू नै काम गर्न चाहिन्छ । अझ बढी महँगो त चिलाउँदा प्रयोग गर्नुपर्ने औषधी पर्छ । गरीबी भनेको खानेकुरा नभइकनै भान्सामा पकाउन बस्नु र साबुन नै नभै धुन सफा गर्न बस्नु हो ।
       गरीबी भनेको मद्दत माग्नु हो । तिमीले मागेको मद्दत पाइएन भने तिम्रा केटाकेटीले दु:ख पाउँछन् भनेर जानेपछि के तिमीले कहिले मद्दत मागेका छौ ? मद्दत माग्नु भनेको आफ्नो नातेदारसँग रिन माग्नु मात्रै हो भन्ने कल्पना गरी मद्दत माग्ने बारेमा सोच त ? यसो गर्नु कस्तो हुन्छ म तिमीलाई भन्छु । उसलाई भेट्न उसको काम गर्ने ठाउँ कहाँ छ भनेर तिमीले थाहा पाउनुपर्छ । काम गर्ने ठाउँ कुन भवनमा छ भनेर चार पाँच पटक घुम्छौ । आफ्नो केटाकेटीको बारेमा सोचेर तिमी भित्र पस्छौ । सबैजना अफिसमा ब्यस्त हुन्छन ? अन्त्यमा, कोही बाहिर आउछ र तिमी उसँग मद्दत माग्छौ । उसले तिमीलाई मद्दत गर्दैन । तिमी गएर अर्को ब्यक्तिलाई भेट्छौ । र आफ्नो गरीबीको सम्पूर्ण लाज तिम्रो र उसको बिचमा भएको डेस्कमा पोखेर पछि त्यो अफिस तिमीले खोजेको ठीक अफिस होइन भनेको थाहा पाउछौ तिमीले फेरी त्यही कुरा दोहोराएर गर्नुपर्छ र अर्को ठाउँमा पुगेपछि पनि मद्दत पाउन सजिलो हुँदैन ।
       तिमी मद्दत माग्छौ र जे भए पनि मद्दत माग्न जाँदा पनि खर्च गर्नुपर्छ । तिमीलाई फेरी पर्खनु भनिन्छ । तिमीलाई किन भनेर भनिन्छ, तर लाजले रातो रातो भएकोले र निराशाको कालो बादलले छोपेकोले तिमी वास्तवमा केही पनि सुन्दैनौ ।
       गरीबी भनेको बितेको दिनको सम्झना गर्नु हो । "असल" केटाकेटीहरू मेरो लुगा र मेरो गन्धप्रती ज्यादै निर्दयीभएको कारणले निम्न माध्यामिक बिद्यालयमा पढ्दापढ्दै स्कूल जान छोडेको कुरा सम्झनु हो । त्यो उमेरमा बिद्यालयमा अनिवार्य रूपले उपस्थिती हुनुपर्छ भनेर जाँच्ने हाकिम आए । मेरी आमाले म गर्भवती भएको कुरा भन्नु भयो । म गर्भवती भएकी थिइन, तर काम खोजेर आमाको लागि मैले केही गर्छु भन्ठान्नु भएको रहेछ । म कहिले काम पाउथे कहिले पाउदैन थिएँ, तर कुनै पनि कुरा सिक्न लामो समयसम्म मैले काम पाइन । मेरो बिहे भएको कुरा खुब सम्झन्छु । त्यतिबेला मेरो उमेर ज्यादै कम थियो । मेरो उमेर अझै पनि त्यती धेरै भएको छैन । कुनै समयमा त तिमीसँग भएको सबै कुरा हामीसँग थियो । तातो पानी र हरेक चिज भएको एउटा सानो घर अर्को शहरमा थियो । त्यसपछि मेरो श्रीमानको जागिर खोसियो । केही समयसम्म त बेरोजगार बिमा र मैले कमाएको अलिअली पैसाले काम चल्यो । छिट्टै नै हाम्रा सम्पूर्ण राम्रा चिजहरू अरूले लगे र हामी फेरी यहीं फर्केर आयौं । त्यतिबेला मैले पेट बोकेकी थिएँ । हामीसँग पैसा थिएन ।..

क्रमश...