Wednesday, June 06, 2007

नघटुन् यस्ता घटना

       सुन्दरपुर गाविस - ७, मोरङ्की २० वर्षीया पुनमदेवी साहलाई उनका पति २५ वर्षीय विजयकुमार साह, ससुरा, सासू र दुईजना छिमेकीसमेत मिलेर निर्मम तवरले मरेका छन् । उनीहरूले २०६३ साल चैत १४ गतेका दिन दिउँसो पुनमदेवीलाई रूखमा झुण्ड्याएर मारेका थिए ।        पुनमदेवीलाई म्रित अवस्थामा अँपको रूखमा झुण्डिरहेको गाउँलेहरूले फेला पारेका थिए । पुनमलाई सुरुमा आत्महत्या गरेको भनिए पनि म्रितककी काकीसासू नगिनादेवी साहले घटनाको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा म्रितकका सासू, ससूराविरूद्ध बुहारीको हत्या गरेको अभियोगमा मुद्दा दायर गरेकी थिइन् । त्यसपछि मात्र हत्याको पोल खुलेको थियो ।        मुद्दामा म्रितकका पति विजय, ५० वर्षीय ससुरा जयनारायण साह र छिमेकीहरू ३५ वर्षीय सुशेश्वर नामक व्यक्तिसँग सासूको अवैध शारीरिक सम्बन्ध रहेको कुरा पुनमले थाहा पाएपछि समाजमा पोल खुल्ने र सामाजिक प्रतिष्ठामा ठुलो आघात पर्ने डरले बुहारीको हत्या गरिएको सुत्रले बताएको छ ।        जाहेरीपश्चात् गिरफ्तरीमा परेका व्यक्तिहरूले अपराधको कवुल गरेको बताइए पनि प्रहरी इन्स्पेक्टर लोकबहादुर बुढाथोकीले भने, 'अनुसन्धानका लागि भर्खरै गिरफ्तार गरिएकाले अहिले नै केहि भन्न मिल्दैन ।'

       सुन्दा पनि पत्यार नलाग्ने कुरा । तर, यो सत्य घटना हो । हालै मात्र मोरङ जिल्लाको उर्लाबारी-लेटाङकी एक ७६ बर्षीया बुढी आमैलाई कुलमान पिठाकोटी नाम गरेका मानिसले जबर्जस्ती करणी (बलात्कार) गरेका छन् ।

       नुवाकोट घ्याङ्फेदी-९, की ६५ बर्षीया लाम्बाङ शेर्पाले आफ्नो ३७ बर्षीय छोरा निमा नोर्बुलाई कोदालोले टाउकामा हानेर खुत्रुक्कै पारिदिएकी छन् । पारिवारिक झै-झगडाका कारण उनले आबेशमा आएर छोरालाई मारेको कुरा प्रहरीसमक्ष खोलेकी हुन् । आमाले प्रहार गरेको कोदालोको पासो लागेर छोरा निमाको चैत्र २२ गते घटनास्थलमै म्रितु भएको थियो । घटना घटेलगत्तै प्रहरीले अभियुक्त लाम्बाङलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ ।

       सुन्दा पनि मुटु नै जिरिङ्ग हुने यस्ता घटना हरू के निर्मुल होला त नेपाल मा ? यो चाँही सोच्न पर्ने बिषय नै बनेको छ । चाहे लोकतन्त्र आवोस् चाहे गणतन्त्र नै तर पनि यस्ता घटना घटि नै रहनेछ नेपाल मा । किन नेपाली हरू यस्ता घटना नघटुन् भन्नको लागि आन्दोलन गर्दैनन् । तपाईं, हामी सब्बै मिलेर यस्ता घटना को समाधान गर्न किन लागि पर्दैनौ । एक पल्ट सोच्नुस् त ......... ?