Friday, November 23, 2007

मेरो नेपाल

मेरो नेपाल ...

हिजो कोइली को सुरिलो स्वर सुनिने बनपाखामा
आज बम र गोली को कर्कस् आवज आउछ रे
सङ्लो कन्चन खोला, झरना बग्ने ठाउँ मा
आज रगतको खोलो बग्छ रे
हामीले सुसल्दै हिंड्ने ति नाग्बेली बाटोहरुमा
आज मसाल लिएर जुलुस हिड्छ रे

झ्याउरे र दोहोरी गाउने ति आगन हरु
आज खडेरी लागेको छ रे
पल्लो गाउ को सुन्तली आज बम्बईको कोठिमा छ रे
गुन्यु र चौबन्दीमा मेलापात गर्ने कान्छी
आज २५% मात्र छोपिने टालो लगाउछ रे
भबिश्यका कर्णदार ति साइला, माइला, कान्छा
आज देउरालीमा बसेर गान्जा, चरेस तान्दै बस्छ रे


हाडी म भुटेको मकै र गुन्द्रुक को साटो
आज म:म , चाउमिन , थुप्पा खान्छ रे
झ्याउरे, मरुनी, रोधी नचिने आगन हरु
आज डिस्को, बार ले सजिएको छ रे
रमणिय दृश्य हरु हेर्दै हिंड्ने बाटोहरुमा
आज बम हमला र आगजनी हुन्छ रे


तेसैले त आज...
सगरमाथा ले पनि आफ्नो शिर नुहुर्‍याएको छ
खोला नाला हरु आज उल्टो बग्न थालेको छ
शान्ति क्षेत्र मेरो मातृभुमि नेपाल
आज एकादेशको कथा भएछ ।