Wednesday, March 12, 2008

The Romancers " प्रेमीहरू " भाग - ४"

       सिल्भेटी एक्लै फतफताउँछे "मेरो बुवाले यो उल्लु बुढालाई मन नपराएको कुरा अहिले राम्ररी बुझे ।" दाँयातिर प्रबेश गर्दै उनको बा पास्क्विनट छोरीलाई "के गरिराखेकी ?" भनेर सोध्छन र छोरी "यसै टहलिराखेकी" भन्छे । "एक्लै घुम्दा डर लाग्दैन भन्छ । " म डराउने खालकी होइन" भन्छे । "एक्लै त्यो पर्खालको नजिक नजाऊ भनेर आदेश दिएको होइन, दुस्साहसि केटी, पार्क हेर्न मात्रै आएकी यो त मेरो परम सत्रुको गुफा हो" भनेपछि "मलाई त्यो कुरा थाहा छ" भन्छे । " के तिमी जानाजान अपमानको पात्र बन्न लागेको.. ? ति मान्छेहरु के गर्न सक्छन् भन्न असंम्भब छ । यहाँ छहारिमा मेरी छोरी एक्लै घुमेको कुरा ती बाउछोराले थाहा पाए मलाई सम्झदा पनि काम छुट्छ । म यो पर्खाललाई कवचले छोपिदिन्छु काँडे तार वा सुइरो रखिदिन्छु ताकी कुनै आक्रमणकारी आए पनि उसको आन्द्राभुँडी बाहिर निस्कियोस् । काटियोस् ।" यसो गर्न धेरै पैसा लाग्ने भएकोले कञ्जुस बुवाले यसो गर्नु हुन्न भन्ने कुरामा छोरी ढुक्क छिन । छोरीलाई घरतिर पठाएपछि रिसले उनितिर हेर्छ ।
       बर्गामिन स्ट्रफोरल भए ठाउँमा चिट्ठी लैजाउ भनेर आफ्नो मानिसलाई अह्राउँछ । पास्क्विनट पर्खालतिर दौडदै गएर उक्लेपछि बर्गामिनलाई डाक्छ । बर्गामिन पनि दौडदै आएर पास्क्विनट भनेर बोलाउछ । उनिहरु अङ्कमाल गर्छन् । एक आर्कालाई सञ्चो बिसञ्चो सोध्छन । बिहेको कुरा छिनियो भनेर बर्गामिन भन्छ । उनिहरु ज्यादै प्रेम गर्छन् भन्ने कुरा झाडिमा लुकेर सुनेको भन्छ । अब कुरो बिचार गर्नुपर्‍यो भन्छ । दुबैजनाका स्वास्नी मरेका छन र दुबै जना बा हुन । पर्सिनेटकी आमा पनि ज्यादै रोमान्टिक थिइन । सिल्भेटी पनि कल्पनाशील अप्सरा जस्ती केटी हुन् । उनिहरुको एउटै मात्र उद्देश्य हो पर्खाल भत्काउनु, सँगै बस्नु, जग्गाजमिन एउटै पार्नु पुराना मित्र एवं जमिन्दारको योजना थियो । यो काम उनिहरु छोराछोरीको बिहे गराएर गर्न चाहन्छन् । तर उनिहरुको इछ्या एवं सहमतिको बारेमा छोराछोरीले शङ्का गरेमा उनिहरु सफल होलान् त ? दुईवटा युबा कम्पनाशील चराहरुको लागि नियोजित बिहे त्यती लोभलाग्दो हुँदैन । छोराछोरी पढ्न टाढा बसेको कारणले नै उनिहरुको बिहेको यो योजनालाई गोप्य राख्न सके । यो बर्ष उनिहरुको पढाई सकिएकोले अब पनि भेटघाटमा रोका लगाउने हो भने उनि लुकिलुकी पाप गरेर परेम गर्नेछन । यो घृणाको अदभूत कथा बनाउँदा असाधारण योजना सफल होला भन्ने कुराम पास्क्विनटलाई चिन्तै थियो । अब त दुईजनाले सहमती दिए काम बनिहाल्छ । तर छोराछोरीले सङ्का नगर्ने गरी सोझै मान्न पनि उनिहरुले भएन । उनिहरु एकअर्कालाई अझै गाली गर्दैछन् । अब के बहाना बनाउने हो त ? यो योजना त सेल्भेटिको कुराबाट नै बनाउन सकिन्छ । भरे छोराछोरी भेट गर्छन त्यतिबेला छोरीको अपहरण गराउने र छोरा आएर बचाउँछ । अपहरणकारी भागे जस्तो गर्छन्, बाउहरु दुबैजना आउने । छोरी र उनको इज्जत सुरक्षित भएकोमा आनन्दित भाई आँशु चुहाउने र उद्वार गर्ने नायकलाई आशिर्बाद दिने । त्यसपछि नाटक खत्तम ।
        यो गजबको योजना सफल पार्न प्रसिद्ध पेशेवर हत्यारा स्ट्राफोरेललाई बोलाइएको छ र उसले नै अपहरणको योजना पुरा गर्नसक्छ । हत्याराको जस्तो भब्य पोशाकमा स्ट्राफोरेल मंचमा गर्बसाथ हिड्छ । बर्गामिनले ऊ सँग आफ्नो साथी पास्क्विनटको परिचय गराउछ । पास्क्विनट दुईतिर पर्खालामा गोडा फट्याएर उभिएको छ । यो उमेरमा यसरी उभिनु अचम्मको कसरत हो । योजनाअनुसार नक्कली अपहरण र नक्कली तरबार युद्ध हुनेछ । तर छोरालाई तरवारले घाइते पार्ने छैनन् । स्ट्राफोरेलको निर्देशनमा काम हुने भएकोले चिन्ता गर्नुपर्दैन । अपहरणको मूल्य अपहरणको किसिमअनुसार फरक हुन्छ । कालो लुगा लगाएर दुईजनाले गर्ने अपहरण, सबभन्दा कम लोकप्रिय बग्गीमा चढेर गरिने मामुली अपहरण, मध्यरातमा गर्ने अपहरण, मध्यान्हमा गरिने अपहरण, आदी आदी ।

क्रमश :.......