Sunday, July 15, 2007

On his blindness

- John Milton
        आधा उमेर बित्नुभन्दा पहिले नै मलाई विशाल एवं अन्धकार संसारमा छाडेर ४४ वर्षको उमेरमा मेरो हेर्ने क्षमता अथवा दैवी ज्ञान कसरी गुम्यो भनेर विचार गर्छु र मसँग भएको एउटा प्रतिभा अन्धो हुनुको कारणले प्रयोग गर्न नसकेकोले बेकार बसिराखेको छ, हुन त यो प्रतिभा लिएर मेरो आत्मा मेरो स्रिष्टिकर्ता ईश्वरलाई सेवा गर्न तत्पर छ र फर्केर आएपछि हिसाब माग्दा गाली सुन्न नपरोस् भन्ने डरले गर्दा सच्चा हिसाब प्रस्तुत गर्न तयार छ । म मुर्ख भएर प्रश्न गर्छु "हेर्ने शक्ति झिकिदिएपछि उज्यालोमा गर्नुपर्ने काम के ईश्वरले मबाट माग गर्न हुन्छ ?" तर त्यो वाहियात गुनासो रोक्न धैर्यले तुरून्तै जवाफ दिन्छ, "ईश्वरलाई मानिसको काम अथवा ईश्वरले दिएको उपहारको आवश्यकता पर्दैन, जसले आफ्नो ठीक्कको भारी नम्र भएर बोक्छ, उसले ईश्वरको सेवा सर्बोत्तम ढंगले गर्छ, ईश्वरको राज्यमा राजसी ठाँट छ, ईश्वरको आदेश पाउनासाथ बिना आराम जमिन र समुन्द्रमा यात्रा गरेर काम् पूरा गर्ने हजारौं देबदूतहरू ईश्वरको राज्यमा छन्, जसले केही नगरी प्रतिक्षा मात्र गर्न सक्छ उसले पनि ईश्वरको सेवा सर्बोत्तम ढंगले गर्छ ।"