Sunday, April 27, 2008

केही उपदेश......

जसको बुद्धी बलियो हुन्छ, उहि लौह पुरुष हो । - बेदव्यास
सफलता उसैलाई प्राप्त हुन्छ, जसले त्यसको खोजी गर्छ । - स्वेट मर्डन
कुनै पनि वाद वा सिद्धान्त अपरिवर्तनीय चिरस्थायी हुँदैन । - नोम चाम्स्की
जस्तो बिपत्तिमा पनि धैर्य छोड्नु हुँदैन । - निती वचन
मानिसको श्रेणी जन्मले होइन, कर्मले छुटिन्छ । - भगवान बुद्ध
संसारमा आफू बस, तर संसारलाई आफूभित्र आउन नदेउ । - सत्य साइ बाबा
ज्ञान ढुकुटी हो भने, त्यसको प्रयोग ढुकुटिको साँचो हो । - चिनिया उखान
आफ्नो शक्तिभन्दा बढी काम गर्नु पनि हिंसा हो । - सत्य साइ बाबा
तिमी मेरो कुरा परिक्षण गरेर मात्र स्विकार गर । - बुद्ध
मनुष्यको तृप्ती सम्मानमा हुन्छ भोजन बाट हुँदैन । - हितोपदेश
सहनशिलता नै महिलाको ठुलो गहना हो । - सत्य साइ बाबा
अरुलाई गर्न खोजिएको हानी आँफैमा फर्कन्छ । - अग्नि पुराण
भगवानको अनुभब हृदयबाट हुन्छ । - निती वचन
संम्भावित बिपत्तिको उपाय पहिले गरिराख्नु पर्छ । - सुभाषित रत्न भण्डागर
आफ्नो रक्षा गर्नुछ भने क्रोधबाट बच । - तिरुबल्लुवर
सत्संगमा रुची नराख्ने ब्यक्ती कुसंगतमा अवश्य रुची राख्छ । - निती वचन
धनलेभन्दा नारिको सौन्दर्यले चोरलाइ आकर्षित गर्छ । - शेक्सपियर
कर्ममा जाति हुदैन, जाति त केबल सामाजिक रूपि हो । - बिबेकानन्द
भोलिको भरमा नवस, भोली के निश्चित छ । - शतपथ ब्राहमन
आत्मबिश्वास नै भावी उन्नतिको प्रथम सिंढी हो । - बिबेकानन्द
उत्साह विना संसारमा कुनै ठुलो काम भएको छैन । - एमर्सन
क्रोध मुर्खताबाट शुरु हुन्छ र पश्चातापमा अन्त्य हुन्छ । - सत्य साइ बाबा
अर्ती, उपदेश र औषधी तितो हुन्छ । - नेपाली उखान
तर्क गर्न सबै सक्छन्, तर निष्कर्ष दिन कोही सक्दैनन् । -एलकट
जीवनको उद्देश्य परोपकार हो । - शिवानन्द
सानो छिद्रले डुंगा डुबाएझै, सानो पापले जीवनलाई डुबाउछ । - जोन पर्‍यान
भविष्यको अनुमान गर्दा अतितको अध्ययन गर । - कन्फ्युसियस
धर्महित मानिस बाचेपनि मरेतुल्य हुन्छ । - चाणक्य
आफ्नो अमुल्य समयको एक एक क्षण परिश्रममा लगाऊ । - एमर्सन
महान ब्यक्तिमा उदारताको कमी कहिल्यै हुँदैन । - वाण भट्ट
उत्तम मानिस अर्काको उन्नतिमा खुशी हुन्छ । - महाकवी माघ
ईतिहास बिजेताहरुको घोडा हो । - अज्ञात
तिमी ठुलो होइन, असल बन । - साई बाबा
पृथ्वी ध्वस्त भए पनि तिम्रो आत्मा अमर रहनेछ । - प्राउनिङ
लगनशील्ता विना प्रतिभा प्रस्फुटन हुदैन । - अरस्तु
चन बोल्न थाल्दा, सत्य चुप रहन्छ । - शेक्स्पीयर
मान्छेमा अहंकार समाप्त भएपछि गरिमा प्रारम्भ हुन्छ । - यूंग