Thursday, February 07, 2008

"The Romancers " प्रेमीहरू " भाग - ३"

     अचम्मको पुरानो पर्खाल्, माथिपटी घाँसैघाँस भएको रातो लहरा, हरियो आइभी फूलको लहरा, प्याजी रङको फूलको लामा रेशमका भुवा जस्ता लहराले ढाकेको छ । भत्कन लागेको प्राचिन पर्खाल साना फूल र घाममा अनौठो किसिमले टल्कने रातो कपाल झुण्डिएका धाँजाले भरिएको छ । मखमली पर्दा जस्तो देखिने झ्याउ यती बाक्लो र धेरै छ कि त्यो जाबो बेञ्च पनि राजगद्दिमा परिवर्तन भएको छ । बर्गामिनलाइ छोराले पर्खाल हेरेर मात्रै आनन्द लिइराखेको कुरामा पत्यार लाग्दैन । पर्सिनेट पर्खालतिर हेर्दै "यस्ता राम्रा आँखाले मलाई आनन्द दिइराखेको छ । आशुले आँखालाई धमिल्यायो भने म सबै आशुलाई चुम्बन गरेर हटाइदिन्छु, भन्छ । "पर्खालको त आँखा छैन" भनेर बाले भने पछि मर्निङ ग्लोरी नामक फूलको त छ नि" छोरा भन्छ । र एउटा फूल टिपेर बालाई आकर्षक ढंगले दिन्छ । उताबाट सिल्भेटिले "कति चलाख ?" भन्छे । बर्गामिन "कस्तो मुर्ख ! तिमी किन उत्तेजित भएको हो भन्ने मलाई थाहा छ । (पर्सिनेट र सेल्भेटी झस्कन्छ) तिमी यहाँ लुसुक्क पढ्न आएको । (पर्सिनेटको खल्तिबाट पुस्तक निकालेर शिर्षक हेर्दै) । नाटक ! (खोलेर हेरेपछि डरले खसाल्छ ।) त्यो पनि कवितामा ! त्यसैले त तिम्रो दिमाग ठीक ठाउँमा नभएको रहेछ । अरू मान्छेको संगत नगरि कल्पनामा घुम्नु तिम्रो लागि स्वाभाविक हो । फूल देख्नु, पर्खालमा निलो आँखा देख्नु । पर्खाल आकर्षक हुनुपर्छ भन्ने छैन, वलियो हुनुपर्छ । म त्यो हरियो फोहोर सबै फ्याँक्न लगाउछु, घाँसले कुनै धाँजोलाई लुकाएर राखेको होला । बेसोमती छिमेकिबाट अझ राम्ररी रक्षा गर्न फेरी पलास्टर गरेर राम्रो सेतो पर्खाल बनाउछु । एकदम सेतो, एकदम चिल्लो, एकदम सफा । त्यहाँ फूल हुने छैन । पर्खालको टाउकोमा सिसा फुटालेर दाँती जस्तो पारेर प्लास्टरमा गाड्छु" भन्छ । "छोराले आफू माथि दया गर्नोस् बुवा" भन्दा बर्गामिन भन्छ "तल माथि जताततै पर्खालको टाउकोमा सिसा गाड्न म यसैद्वारा आदेश जारी गर्छु ।" सिल्भेटी र पर्सिनेट दुबै जना डराउछन् । बेञ्चमा बस्दै बर्गामिन भन्छ "हामी दुईलाई कुरा गर्न बितिसक्यो" र पर्खालको अर्कोपट्टी भागबाट कसैले सुनेको जस्तो छ कि गरेर उतातिर गई, "भित्ताको आँखा नभए पनि कान हुन सक्छ" भन्छ । बा बेञ्चमा चढ्न लागेकोले छोरा डराउछ । आवज सुनेपछि पर्खालमा टाँसिएर सिल्भेटी बस्छे । तर बर्गामिनलाई ज्यादै दुखेकोले मुख बिगार्छ, आँफैले हेर्ने विचार बदली कसैले लुकेर कुरा सुनिराखेको छ कि भनेर हेर्न छोरालाई ईशारा गर्छ । पर्सिनेट बेञ्चमा चढि पर्खालबाट निहुरिएर "भरेसम्म" भन्छ । सिल्भेटी उसलाई हात चुम्बन गर्न दिदै "घडीले घन्टी हान्नुभन्दा पहिले नै म आउछु" भन्छे । उनिहरु साउती गरिसकेपछि ओर्लेर "त्यहाँ त कोही पनि छैन बुवा" भन्छ ।
      बर्गामिन पनि ढुक्क भएर फेरी बस्छ अनि छोराको बिहे गरिदिन्छु भन्छ । सिल्भेटिको आवाजलाई "मैले बिस्तारै कराएको सुनें" भन्छ । माथितिर हेरेर "कुनै चरालाई हाँगामा आँफै चोट लागेको आवज होला" भन्छ । "जे भए पनि छोरा राम्ररी विचार गरेर मैले तिम्रो लागि एउटी बुहारी रोजेको छु", भनेर बर्गामिनले भनेपछि पर्सिनेट सुसेल्दै हिड्छ । एकछिनसम्म निसासिएपछि छोराको पछि हिंड्दै "म त जिद्धिवाल छु र तिमीलाई जबर्जस्ति गर्छु ।" ऊ छोरालाई "नसुसेल । मैले तिम्रो लागि छानेकी केटी जवान र धनी छे । ऊ त रत्न छे ।" भन्छ । "मलाई तपाईंको रत्नको परवाह छैन" भनेर पर्सिनेटले भनेपछि "पर्खि, तलाई देखाइदिन्छु निकम्म..." भन्छ । बाले हिर्काउन उठाएको लट्ठी पछील्तिर धकेल्दै "बुवा, बसन्त ऋतुले गर्दा झाडिहरू चराको उडानले भरिएको छ र जंगलको खोला नजिकै साना चराहरू प्रेम गर्ने जोडी झै तल झर्छन ।" भनेर छोराले भनेपछि "तलाई लाज नभएको ।" भनेर गाली गर्छ । "सबै प्राणीहरू प्रसन्न भइ अप्रिल महिनाको स्वागत गर्छन । पुतलिहरू आफूले प्रेम गरेका फूलहरूसँग विवाह गर्न गाउतिर आउछन् । प्रेमले सारा हृदयमा फूल फूलाई दिएको छ र तपाईं चाँही मलाई पैसाको लागि बिहे गर्ने भन्नुहुन्छ ।" बा उसलाई "बदमाश, दुष्ट, कुकुर" भनेर गाली गरिराख्छन् । छोरा चाँही आफ्नो बिहे अति रोमन्टिक हुने आशा गर्छ । दुबैजना मञ्चबाट निस्कन्छन् ।

क्रमश :.......