Saturday, May 19, 2007

The Romancers " प्रेमीहरू " भाग - १

       Edmond Rostand (1868-1918) was born in Marseilles, the southern seaport of France. Encouraged by a wealthy father to cultivate his literary talents, he became a well-known poet and dramatist. His most famous work is Cyrano de Bergerac (1897), a tragicomedy, which was a sensation in Paris, and continues to be a popular classic all over the world.        "The Romancers" is a earlier play. Written when the author was only twenty-two years old.

यस एकाङ्कीका पात्रहरू :-

सिल्भेटी - नायिका

पर्सिनेट - नायक

स्ट्राफेरेल - पर्सिनेटको बा

पास्क्विनट - सिल्भेटीको बा

पर्खाल - मौन पात्र

तरबार बाज, संगीतकार उत्तरी आफ्रिकाका मुसलमानहरू, मसाल बोक्नेहरू । कपडा राम्रो भएको खण्डमा यो घटना जहाँ पनि हुन सक्छ ।

        लेउ उम्रेको पुरानो पर्खालले मञ्चलाई दुई भागमा बाडेको छ, र पर्खाललाई अंगुरको घना लहरा, अन्य लहरा र फूलले पूरै ढाकेको छ । दाहिनेतिर बर्गमिनको पार्क र बायाँतिर पास्क्विनटको पार्क छ । पर्दा उठ्दा पर्सिनेट पर्खालमा बसी काखमा किताप राखी सिल्भेटीलाई सुनाइराखेको हुन्छ र ऊनी पनि ध्यान दिएर सुनिराखेकी छिन् । पर्खालमा आड लगाएर अर्को पटी बेञ्चमा उभिराखेकी छिन् ।

       रोमियो र जुलिएटको प्रेमकथामा आधारित शेक्सपियरको नाटक उनलाई ज्यादै राम्रो लागेको छ । पर्सिनेट उनलाई रोमियोको जवाफ सुनाउँछ "बिहानीको सन्देशवाहक लार्क चरा उडेको थियो । नाइटिङ्गल थिएन । हेर प्रिय, परपुर्वमा बादलले रंगीबिरङ्गी ईर्ष्यालु धर्काहरू बुनेका छन् रातको मैनबत्ती बलेर सकिएको छ र प्रसन्न दिन गोडाको औलाले टेकेर कुहिरे हिमालको चुचुरोमा उभिएको छ ।" कान ठाडो पार्दै सिल्भेटि "चुप" लाग्न भन्छिन् । एकछिनसम्म सुनेपछि "कोही आएको छैन", सानो आवाजले हाँगाबाट डराएर उड्ने भङेरा जस्तै तिमी डराउन हुँदैन । अमर प्रेमीका वार्तालाप सुन भन्दै फेरि पढ्न थाल्छ । "जुलिएट भन्छे,'त्यो परको उज्यालो होइन, सूर्यले तिम्रोलागी मान्टुवा जाने बाटोमा मसाल बोकेर जाऊ भनी पठाएको कुनै झर्न लागेको ताराको प्रकाश हो । त्यसकारण अझ एकछिन वस, तिमी अहिलै गैहाल्नु पर्दैन ।" अनि रोमियो भन्छ, "तिम्रो इच्छा त्यस्तै छ भने म सन्तुष्ट छु, मलाई लगियोस् मारियोस्... आऊ म्रित्यु, तिमीलाई स्वागत छ ।"

       रोमियोले मर्ने कुरा गरेको सिल्भेटीलाई मन पर्दैन र अरू पढेमा उनि रोइदिन्छु भन्छिन् । त्यसपछि पर्सिनेट भोलिसम्म रोमियोलाई बचाउन पुस्तक बन्द गर्छ । महाकवि शेक्सपिएरको सुन्दर कविता पढ्नको लागि पर्सिनेटलाई त्यो ठाँउ ज्यादै गजब लागेको छ । कवितामा सुन्दर पंक्तिसँग गाउन पात, हाँगाका दैवि गुञ्जनले राम्रो संगीत दिए र हरियालीको प्रिष्ठभूमि ठिक छ भनेर सिल्भेटी भन्छिन् । उनलाई कविता राम्रो लागेको छ अझ त्यो भन्दा पनि मार्मिक त उसको संगीतमय स्वर लागेको छ । तर पर्सिनेट यसलाई झुटो प्रशंसा गरेको भन्ठान्छ । सुस्केरा हाल्दै बिचारा प्रेमीहरू रोमियो र जुलिएटको भाग्य कति निर्दयी भएको र संसार उनीहरू प्रति कति निच भएको भनेर सिल्भेटि भन्छिन् । सिल्भेटिको अनुहार अचानक रातो हुन्छ । उनी सोचिराखेकी छिन् । तर पर्सिनेटसँग "केहि होइन" भनेर ढाँटिराखेकि छिन् । उनको आँखाको भावले उनी बाआमाको कारणले दु:खि भएको कुरा तर्लङ्ग बताउँछ । ती प्रेमीका बाहरूको एकअर्को प्रतिको घ्रिणाले बिभाजित गरि विछोडमा परिदिएको छ ।

       यही कुराले सिल्भेटिलाई दु:खि र प्राय एकान्तमा रूवाउँछ । गत महिना उनी कोन्भेन्ट स्कूलबाट घर फर्किदा उनको बुबाले त्यो पार्कतिर देखाउदै "त्यो मेरो पुरानो परम शत्रु बर्गामिनको गुफा हो । त्यो दुष्ट र उसको छोराबाट तिमी परै बस । हाम्रो परिवारलाई परापूर्ब कालदेखि घ्रिणा गर्ने तिनीहरूको परिवारलाई सधै आफ्नो शत्रु नठानेमा म तिमीलाई पनि त्यागिदिन्छु" भने । अनि त्यसपछि उनले पनि बचन दिइन् र बचनको पालना उनी त्यसरी गरिराखेकी छिन् । पर्सिनेटले पनि आफ्नो बुबालाई सिल्भेटीलाई सदाकोलागि घ्रिणा गर्छु भन्ने बचन दिएको भए पनि ऊ उनलाई प्रेम गर्छ । त्यो ज्यादै पाप कर्म भए पनि कसले उनीहरूलाई दोष दिने ? प्रेमीबाट आफूलाई जति टाढा राख्यो त्यति बढी उसलाई प्रेम गर्न मन लाग्छ । "सिल्भेटिलाई चुम्बन गर" भनेर उसले भनेपछि उनी बेञ्चबाट हाम्फालेर पर्खालबाट पर जान्छिन् ।

क्रमश :.......

Wednesday, May 16, 2007

The Sound of Silence "मौनता को स्वर"

- Paul Simon

        हे अन्धकार मेरो पुरानो साथी, म फेरि तिमिसँग कुरा गर्न आइपुगेको छु, किनभने बिस्तारै आएर एउटा कल्पनाले आफ्ना वीऊहरू म सुतिराखेको बेलामा छोड्यो र त्यो कल्पना मेरो दिमागमा रोपियो अझै पनि त्यो कल्पना मौनताको आवाजको घेराभित्र छ ।

        बेचैन सपनाहरूमा एक्लै ढुंगा छापेको साँगुरो सडकमा सडकको बत्तिको गोलो प्रकाशको घेराभित्र म हिंडे, जाडो र पानीले गर्दा आफ्नो कमिजको कठालो फर्काएँ, त्यतिबेला विज्ञापन गर्न पिलिकपिलिक बालिने रातलाई चिर्ने र मौनताको आवाजलाई छुने ट्युबलाईटको चमकले मेरो आँखालाई छोप्यो । अनि नग्न प्रकाशमा मैले दश हजार शायद अझबढी मान्छे देखें, मान्छेहरूले ओठ चलाएका छैनन् तर बोलिराखेका छन्, कान ठाडो पारेका छैनन् तर सुनिराखेका छन्, मुखबाट स्वर निकालेका छैनन् तर गीत लेखिराखेका छन् र कसैले पनि मौनताको आवाजलाई बाधा पुर्‍याउने आँट गर्दैन ।

        "मुर्खहरू हो ।" मैले भनें, "तिमिहरूलाई थाहा छैन मौनता त क्यान्सर फैलिए जस्तै जताततै तुरून्तै फैलिन्छ । मैले सिकाउने शब्दहरू सुन तिमी भए ठाँउमा पुगेका मेरा हातहरू समात ।" तर मौनताको इनारमा मेरो शब्दहरू परेका पानीका मौन थोपाहरू जस्तै भएर खस्यो र गुञ्जियो ।

        र मानिसहरू आफूले बनाएका ट्यूबलाईटरूपी ईश्वर प्रति झुके अनि प्रार्थना गरे, बत्तीले बनाएका शब्दहरूमा चेतावनीको संकेत टल्कियो र संकेत थियो: "भविष्यवक्ता ईश्वरका शब्दहरू जमिन मुनि रेल् हिड्ने ठाँउका भित्ताहरूमा र ठुला घरका भित्ताहरूमा लेखिएका छन् ।" अनि त्यो संकेतले मौनताको स्वरमा साउती गर्‍यो ।

Tuesday, May 15, 2007

The Tiger " बाघ "

- William Blake

        हे ! बाघ तेरो आँखा राति अन्धकार जंगलमा आगोको गोलो जस्तो भएर टाढैबाट टल्कन्छ । यस्तो भयङ्कर र आकार चिटिक्क मिलेकोले गर्दा भएको तेरो सुन्दर रूपको रचना गर्न कस्तो दैवी आँखाले सकेको होला ?

        तेरो आँखालाई चमक दिने आगो कति टाढाको समुन्द्र वा आकाशबाट तेरा निर्माताले ल्याएका होलान् ? कस्तो पखेटाले उनी त्यति माथि आगो लिन उडेका होलान् ? कस्तो हातले त्यो आगो समात्ने आँट गरेको होला ?

        जुन काँध र कलाले तेरो त्यस्तो डरलाग्दो मुटुको मांसपेशी बुनेर बनायो ती हात र कला कस्ता होलान् ? र यसरी बनाएको तेरो मुटुमा धड्कन शुरू गराउने रचनाकारका हात र गोडा कति भयङ्कर होलान् ?

        तँलाई रचना गर्दा कस्तो घनले पिटीको होला ? तँलाई तताउने खलाँती कस्तो सिक्रीले चलाएको होला ? कस्तो आगोको भट्टीमा मस्तिष्कको रचना गरिएको होला ? कस्तो फलामे अचानोमा राखेर राम्रो आकारमा ढाल्न फलामलाई पिटे जस्तै तँलाई पिटिएको होला ? कस्तो भयङ्कर हातले तँ जस्तो भयङ्कर जनावरलाई समातेको होला ?

        ताराहरूले आफ्ना भाला तल फ्याँकेर आफ्ना आँशुले सारा आकाशलाई भिजाउँदा के तेरा निर्माता आफ्नो स्रिष्टि देखेर आनन्दले मुस्काएका थिए होलान् ? पाठोलाई स्रिष्टि गर्नेले नै तेरो स्रिष्टि गरेका होलान् त ?

        हे बाघ ! राती जंगलमा टलक्क टल्कने अँखा भएको तँलाई कस्तो अमर हात वा आँखाले यस्तो डरलाग्दो सुन्दर रचना गर्ने हिम्मत गरेको होला ?

The song of wandering Aengus

- W.B.Yeats
        एक बिहान झिसमिसेमा म कटुसको जंगलमा गएँ किनभने मेरो मनमा तीब्र (बासन) चाहना थियो, त्यहाँ गएपछी कटुसको हाँगा काटेर यसको बोक्रा ताछें र लठ्ठीलाई बल्छी बनाएर एउटा बेरीफल् टिपेर माछालाई चारो बनाउन धागोमा उनें र त्यतिबेला सेता पुतलीहरु उडिराखेका थिए, र पुतली जस्ता ताराहरु धिपधिप गरिराखेका थिए । बेरी हालेको बल्छी खोला भित्र खसालें र एउटा सानो चाँदी जस्तो टल्कने माछा समातें ।
        घर गई माछालाई मजेरीमा राखेर आगो फुक्न गएँ, तर मजेरी केही चिज स्वार्र् चलेको आवज आयो र कसैले मलाई नाम काढेर बोलायो र यो बस्तु त कपालमा स्याउको फूल सिउरेको चम्कने केटीको रुपमा परिवर्तन भईसकेको थियो । यो केटीले मलाई मेरो नामले बोलाई अनि दौडी र बिहानीपखको उज्यालोमा अलप भई ।

        खाल्डा र डाँडामा भौतारिंदै म अहिले बुढो भइसकेको छु, उनी जहाँ गएको भए पनि पत्ता लगाएर छाड्नेछु र उनको ओठ चुम्नेछु र उनको हात आफ्नो हातमा लिनेछु, र लामो छायादार घाँसमा हिड्नेछु र अनन्तकालसम्म चन्द्रमाको चाँदनी स्याउ र सुर्यको सुनौलो स्याउ टिप्नेछु ।

When Iam Dead, My Dearest "मेरो अन्त्य पछि"

- Chirstina Rossetti

        मेरो प्रियतम, म मरेपछी मेरो सम्झनमा उराठलाग्दो गीत नगाउ, मेरो चिहानको सिरानमा गुलाफका बोटहरु नरोप, शीतल छहारि दिने सदाबहार साइप्रस रुख नरोप: बरु मेरो चिहानमाथि सिमसिम पानी र ओसिलो शीतको थोपा सहितको हरियो घाँस बन, र तिमीलाई इच्छा लागे मेरो सम्झना गर, तिमिलाई इच्छा नलागे मलाई बिर्स ।

       म मरेर म्रित्युलोकमा पुगिसकेपछि तिमीले रोपेको रूखको छाँया म देख्ने छैन, पानी परेको अनुभव म गर्ने छैन, बुलबुल चराले बेदनाले भरिएको स्वरमा गाएको गीत म सुन्ने छैन, कहिलै नउदाउने नअस्ताउने साँझको अर्ध प्रकाशमा म सपना देखिराखेको हुनेछु, म तिमीलाई सम्झन पनि सक्छु, बिर्सन पनि सक्छु ।

Thursday, May 10, 2007

तैयारी ...

        मलाई पनी ब्लग बनाउने इच्छ्या जाग्यो । शायद थुप्रै ब्लग हरु हेरेकोले होला । म आँफै लाई थाहा छैन । आज किन मलाई पनी ब्लगर बन्ने इच्छ्या जाग्यो । न त शब्द हरु नै मिलाएर जोड्ने खुबी म सँग छ । ब्लग बनाउने पुरा conform भए तर कस्तो शब्द हरु प्रस्तुत् गर्ने यो सोच्न मलाई पुरा २ दिन लाग्यो साँचै मैले ढाटेको होइन । मैले नरेश दाई सँग पनीसल्लाह नलिएको होइन तर सोचे जस्तो राय पाईन । र जसो तसो गरेर यती सम्म को तयारी गरे । ब्लग बनाउन को लागि username हरु तयार गरे तर फेरी templet कस्तो राख्ने यो सोच्न पनी पुरा चार घण्टा लाग्यो । एकछिन त internet explorer नै बन्द गरेर बसे । अनी ब्लगर बन्ने सोच् लाई मेरो मस्तिस्क बाट टाढा राखेर खेलको मैदानबाट पराजित भएको हरुवा खेलाडि को जस्तो रुन्चे अनुहार बनाएर बसेको थिए । केहि छिन पछि फेरि म मा पहिले को भन्दा तेब्बर इच्छ्या बडेर आयो । अब त जस्तैसुकै कठिन खेल पनि जित्छु जस्तो लाग्यो । किनकी मैले यती खेर कसैको support पाई सकेको थिए ।

गन्तब्य

ऊ त्यहाँ सम्म पुग्ने है सन्तोष