Friday, December 14, 2007

The Romancers " प्रेमीहरू " भाग - २

     पर्सिनेटले "म तिमीलाई प्रेम गर्छु" भन्दा " तिमीले के भनेको?" भनेर उनी सोध्छिन । "प्रिये, मैले भनेको कुरा तिम्रो मन अझै संघर्ष गरिराखेको छ, तर यो कुरा अझ अस्विकार गर्नु मुर्खता हुनेछ । सिल्भेटी, तिमीले हामीलाई भेरानोका प्रेमीहरु रोमियो र जुलिएटसँग दाँजेर जे भन्न खोज्यौ मैले पनि त्यही कुरा गरेको हुँ ।" भनेर पर्सिनेट भन्छ । उनले आफ्ना बाहरुलाई रोमियो र जुलिएटका बाहरुसँग दाँजेर आफूहरू प्रेममा पागल भएको कुरा बताइन् । बाहरू एक अर्कालाई तिब्र घृणा गर्ने भएपनि पर्सिनेट उनिहरुलाई हाँक दिन तयार छ । सिल्भेटी पर्खालको नजिक आएर " त्यसोभए हामीले प्रेम गर्न थालेका हौ त ? तर यती छिटो कसरी भयो ?" भनी सोध्छिन् । "हुनु पर्ने बेला भए पछि प्रेम हुन्छ र कसरी र किन कसैले भन्न सक्दैन । म तिमीलाई प्राय मेरो झ्यालको छेउबाट हिंडेको देख्थे ।" भनेर पर्सिनेटले भनेपछि "म पनि तिमीलाई प्राय देख्थे भनेर सिल्भेटी भन्छिन् । अनि त्यती बेला उनिहरुका आँखाहरु सांकेतिक भाषामा कुरा गर्थे । एकदिन सिल्भेटी पर्खाल नजिकै कटुस टिपिरहेको बेलामा संयोगले पर्सिनेट शेक्सपियरको कविता पढिराखेको थियो र सबैकुराले दुईवटा मुटुहरुलाई एक बनाउन कसरी काम गरिराखेको रहेछ । हावाले सिल्भेटिको रिवन उडाएर ऊ भए ठाउँमा पुर्‍यायो र पर्सिनेटले पर्खाल चढेर उनलाई फिर्ता दियो र उनि पनि पर्खालमा चढिन् । त्यसै दिनदेखि पर्सिनेट उनलाई सधैं पर्खेर बसिराख्छ र पर्खाल उताबाट उनेको निश्छल हाँसो राम्रो संकेतको रूपमा सुनेपछि अंगूर र आइभको लहरबाट उनको टाउको नदेखिउञ्जेल उसको मुटुको चाल बढ्छ आफूहरु प्रेम गर्न थालेकोले कामकुरो छिन्नुपर्‍यो भन्ने उनिहरु दुबैजनाको इछ्या छ । गम्भीर मुद्रामा सिल्भेटी "पास्क्विनट परिवारकी अन्तिम ब्यक्ती म बर्गमिन परिवारको अन्तिम ब्यक्ती तिमी सँग औपचारिक प्रतिज्ञा गर्छु" भन्छिन् । "कत्रो महान् मुर्खता !" उसले भनेपछि "भावी युगले हाम्रो बिषयमा कुरा गर्नेछ" उनि भन्छिन् । दुईजना कठोर हृदय भएका बाउका उनिहरु कमलो मन भएका सन्तान हुन् । तर भगवानले उनिहरुको बिचमा भएको घृणा मेटाउन ति दुईलाई प्रयोग गर्न लागेको पनि हुन सक्छ । तर यो कुरा कसलाई थाहा छ? भन्ने विचार सिल्भेटिको भए पनि पर्सिनेटलाई त्यसो होला जस्तो लाग्दैन । सिल्भेटिलाई भने यही कुरामा बिश्वास भएकोले उनि पाँच छ वटा ज्यादै संभव समाधान निकाल्न सक्छिन् ।
     पुराना कथामा भए जस्तै राजा त्यही बाटो घोडा चढेर आउँदा राजाको गोडामा छाँद हालेर आफ्नो प्रेम र बाहरुको झगडाको बारेमा सुनाएपछि कथामा जस्तै राजाले बाहरुलाई डाकेर मिलाप गराइदिन सक्छन् । अथवा "गधाको छाला" नामक पुस्तकमा भए जस्तै केटा मृत्युको मुखमा पुगेपछि मुर्ख डाक्टरले केटालाई माया मारेपछि "तिमी के चाहन्छौ ?" भनेर सोध्दा " म सिल्भेटीलाई चाहन्छु" भनेर पर्सिनेटले भन्नसक्छ भन्नेछ अनि बाउले जिद्दी घमण्ड छोड्न वाध्य हुनुपर्नेछ । अथवा अर्को विकल्प : सिल्भेटीको फोटो देखेर बुढो ड्युक उनि सँग प्रेम गर्नेछ र उसको घोडाचढिलाई बिहे गर्ने प्रस्तब लिएर उनि भए ठाउँमा पठाउने छ । र केटीले "नाई" भनेपछि ऊ रिसाउने छ । एकदिन सांझ केटी कल्पनको संसारमा हराएर घुमिराखेको बेला अध्याँरो बगैचाको बाटाबाट केही अपरिचित ब्यक्ती आई उनलाई अपहरण गर्नेछन् । केटी चिच्याउली र तत्कालै केटीको छेउमा पुगेर केटाले तरबार लिएर सिंहले जस्तै लडाईं गर्नेछ र तीनचार जना मान्छे टुक्र्याउनेछ । केटीको बा दौडदै आएर केटालाई अङालो मारेपछि केटाले नाम भन्नेछ । बाउको मन पग्लन्छ । रक्षा गर्नेलाई छोरी दिन्छ । केटाको बहादुरीमा गर्व गर्दै केटाको बाउले पनि स्विकृति दिन्छन् । त्यसपछि उनिहरु आनन्द सँग जीवन बिताउँछन् । र यि कुनै पनि कुरा हुन नसक्ने जस्ता छैनन् । यस्तो कुरा गर्दा गर्दै कोही आउन लागेको जस्तो आवज सुनेर विदाइ चुम्बन गर्दै भोलिपल्ट प्रार्थनको घन्टी बज्दा भेट्ने प्रतिज्ञा गर्छन् ।
      बा आएपछि पर्सिनेट पर्खालबाट ओर्लन्छ । छोरालाई पर्खालको कुनामा एक्लै बसी दिउँसै सपना देख्न लागेको बेलामा उसको बाउले फेला पार्छन् । पर्सिनेटलाई लहराको ओतमा बेञ्चमा बस्न मनपर्छ । फूलका मालाले सिङारिएको ठाउँमा बसेर शुद्ध हावामा सास लिन उसलाई राम्रो लाग्छ । " पर्खालको अगाडि ?" भनेर बाले सोद्धा "मलाई यो पर्खाल मन पर्छ" भन्छ । "मन पर्ने कुरा त केही पनि देख्दिन" भन्दा "बुढाले कसरी देखुन त" भनेर सेल्भेटी दर्शकले नसुन्ने गरी भन्छे ।

क्रमश :