Monday, August 27, 2007

मानव स्वभावअनुसारको फूल उपहार

फूलले मानब जीबनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ । फूलको मुक भाषाले आफन्तसम्म स्नेहपूर्ण ढंगले सन्देश पुर्‍याउँछ । फूलको सही चयनले नबीनता, कोमलता एवं सुन्दरता मात्र प्रकट गर्दैन कि उपहार दिने लिने दुबै व्यक्तिलाई आनन्द मिल्छ । यसले मानसिक अवस्थासमेत अभिव्यक्त गर्दछ । प्राकृतिक फूलको केही न केही अर्थ रहेको हुन्छ।

कमल :- यो फूल सुन्दरताको प्रतीक हो । सुन्दर आँखा सुन्दर रूप र कोमल हृदयको उपमा दिन यो फूल प्रयोग गरिन्छ ।
सेतो गोदावरी :- यो फूल सत्य कुरा प्रकट गर्नेलाई दिइन्छ ।
रातो गुलाब :- माया प्रकट गर्न यो फूल दिनुपर्छ ।
स्वीट पी :- प्रियजनसँग बिदा लिने बेलामा आफ्नो स्मृति जगाउन यो फूल दिइन्छ ।
डेजी :- यो फूल प्रसन्नताको प्रतीक हो । आफ्नो हार्दिक प्रसन्नता डेजीको फूल उपहार दिई प्रकट गर्न सकिन्छ ।
रातो गोदावरी :- मायाको प्रतीक हो । मुखले बोल्न नसक्दा यो फूल दिइन्छ ।
पहेलो लिली :- यो फूल दाम्पत्य प्रेमको प्रतीक हो । बिवाहको वार्षिकोत्सवमा श्रीमानश्रीमतीले एक अर्कालाई यो फूल उपहार दिई आफ्नो माया दर्साउँछन् ।
ट्युलिप फूल :- यो फूल यदि कसैको आँखा सुन्दर तथा आकर्षक छ भने उसलाई उपहार दिई सुन्दरताको आभास दिलाउन सकिन्छ ।
पप्पी :- यदि कसैलाई सान्तवना दिनु छ भने यो फूल उपहार दिइन्छ ।
पेन्जी :- उच्च एवं सुन्दर विचारप्रति सम्मान प्रकट गर्न यो फूल उपहार दिइन्छ ।
सेतो लिली :- यसले पवित्रता वा मधुरताको अर्थ बोकेको हुन्छ । कुनै प्रौढ व्यक्तिलाई यो फूल उपहार दिएर उसको सम्मान गर्न सकिन्छ ।
हालिहाक :- साँचो महत्वाकांक्षा भएको व्यक्तिलाई यो फूल उपहार दिइन्छ ।
जिनिया :- यदि कुनै मिल्ने टाढाको साथीको संझना आएको छ भने उसलाई यो फूल उपहार पठाउनपर्छ । अचेल मेलद्वारा यसको चित्र पठाउने गरिन्छ ।
सुर्यमुखी :- यो फूल कोमल हृदय भएको व्यक्तिलाई उपहार दिइन्छ ।
वासमस :- यो फूल व्यग्रता एवं अधीरताको प्रतीक हो । उत्ताउलो र चञ्चल व्यक्तिलाई यो फूल उपहार दिइन्छ ।
मेग्नोलिया :- जुन व्यक्ति प्रकृतिसँग प्रेम गर्छ, उसलाई यो फूल उपहार दिइन्छ ।
आईबी :- जुन व्यक्तिको कामबाट प्रसन्न भैन्छ, उसलाई यो फूल उपहार दिइन्छ ।
क्याक्टस :- यो फूल कसैलाई हौसला प्रदान गर्न उपहार दिइन्छ ।
जिरानियम :- यसको अर्थ संयोगवश भेट हुनु हो । यदि संयोगबश कसैसँग भेट भयो भने यो उपहार दिइन्छ ।
फरगेट मी नट :- यसको अर्थ कहिल्यै नभुल्नु हो । प्रियजनलाई कहिल्यै नभुल्ने सन्देश दिन यो फूल उपहार दिइन्छ ।
फलाक्स :- यदि कोही व्यक्ति प्रियदर्शी लागेमा यो फूल उपहार दिइन्छ ।