Saturday, September 15, 2007

ग्रेटवालबारेको भ्रम

        हामीमध्ये धेरैले सुनेकै कुरा हो, चाइनामा रहेको ग्रेटवाल एकमात्र यस्तो मानब निर्मि संरचना हो, जुन नाङ्गो आँखाले अन्तरिक्षबाट पनि देखिन्छ । अझ त्यो भन्दापनि आश्चर्य लाग्ने कुरा त के भने, भनिन्छ ग्रेट वाल त चन्द्रमाबाट पनि देखिन्छ । तर यी कुरामा सत्यता भने थोरै मात्र रहेको छ ।
        बास्तबमा कुरा के हो भने, यो कुरा प्रमाणित गर्नसक्ने पूर्वाधार हामीसँग नहुदै यस्तो भनाई आएकोले हामीले यो कुरा विश्वास गर्दै आउनु परेको हो । एउटा घतलाग्दो कुरा के छ भने अन्तरिक्ष भनेर केलाइ बुझ्ने? किनभने अन्तरिक्ष त पृथ्वीको बायुमण्डल सकिएलगतै सुरु हुन्छ ।
        एकैछिनलाई अन्तरिक्ष भनेर पृथ्वीको सबैभन्दा नजिकको भू-उपग्रहको कक्षलाई लिने हो भने पनि त्यहाँबाट त ग्रेटवाल हैन बरू राजमार्गहरू, विमानस्थल आदि राम्ररी देखिन्छ ।तर ग्रेटवाल तथा त्यस वरपरका दृश्यहरू उस्तै रङ्गका भएकाले छुट्याउनै हम्मेहम्मे पर्छ । ग्रेटवाल त चन्द्रमाबाट पनि देखिन्छ भन्ने जस्ता धतलाग्दा भनाइहरूलाई पाखा लगाउदै अहिले आएर के प्रमाणित भैसकेको छ भने ग्रेटवाल त पृथ्वीभन्दा १ सय ८० माइलभन्दा माथिबाट नै देख्न सकिदैन ।

स्रोत :- राजधानी पत्रीका