Edmond Rostand (1868-1918) was born in Marseilles, the southern seaport of France. Encouraged by a wealthy father to cultivate his literary talents, he became a well-known poet and dramatist. His most famous work is Cyrano de Bergerac (1897), a tragicomedy, which was a sensation in Paris, and continues to be a popular classic all over the world.        "The Romancers" is a earlier play. Written when the author was only twenty-two years old.
यस एकाङ्कीका पात्रहरू :-
सिल्भेटी - नायिका
पर्सिनेट - नायक
स्ट्राफेरेल - पर्सिनेटको बा
पास्क्विनट - सिल्भेटीको बा
पर्खाल - मौन पात्र
तरबार बाज, संगीतकार उत्तरी आफ्रिकाका मुसलमानहरू, मसाल बोक्नेहरू । कपडा राम्रो भएको खण्डमा यो घटना जहाँ पनि हुन सक्छ ।
        लेउ उम्रेको पुरानो पर्खालले मञ्चलाई दुई भागमा बाडेको छ, र पर्खाललाई अंगुरको घना लहरा, अन्य लहरा र फूलले पूरै ढाकेको छ । दाहिनेतिर बर्गमिनको पार्क र बायाँतिर पास्क्विनटको पार्क छ । पर्दा उठ्दा पर्सिनेट पर्खालमा बसी काखमा किताप राखी सिल्भेटीलाई सुनाइराखेको हुन्छ र ऊनी पनि ध्यान दिएर सुनिराखेकी छिन् । पर्खालमा आड लगाएर अर्को पटी बेञ्चमा उभिराखेकी छिन् ।
       रोमियो र जुलिएटको प्रेमकथामा आधारित शेक्सपियरको नाटक उनलाई ज्यादै राम्रो लागेको छ । पर्सिनेट उनलाई रोमियोको जवाफ सुनाउँछ "बिहानीको सन्देशवाहक लार्क चरा उडेको थियो । नाइटिङ्गल थिएन । हेर प्रिय, परपुर्वमा बादलले रंगीबिरङ्गी ईर्ष्यालु धर्काहरू बुनेका छन् रातको मैनबत्ती बलेर सकिएको छ र प्रसन्न दिन गोडाको औलाले टेकेर कुहिरे हिमालको चुचुरोमा उभिएको छ ।" कान ठाडो पार्दै सिल्भेटि "चुप" लाग्न भन्छिन् । एकछिनसम्म सुनेपछि "कोही आएको छैन", सानो आवाजले हाँगाबाट डराएर उड्ने भङेरा जस्तै तिमी डराउन हुँदैन । अमर प्रेमीका वार्तालाप सुन भन्दै फेरि पढ्न थाल्छ । "जुलिएट भन्छे,'त्यो परको उज्यालो होइन, सूर्यले तिम्रोलागी मान्टुवा जाने बाटोमा मसाल बोकेर जाऊ भनी पठाएको कुनै झर्न लागेको ताराको प्रकाश हो । त्यसकारण अझ एकछिन वस, तिमी अहिलै गैहाल्नु पर्दैन ।" अनि रोमियो भन्छ, "तिम्रो इच्छा त्यस्तै छ भने म सन्तुष्ट छु, मलाई लगियोस् मारियोस्... आऊ म्रित्यु, तिमीलाई स्वागत छ ।"
       रोमियोले मर्ने कुरा गरेको सिल्भेटीलाई मन पर्दैन र अरू पढेमा उनि रोइदिन्छु भन्छिन् । त्यसपछि पर्सिनेट भोलिसम्म रोमियोलाई बचाउन पुस्तक बन्द गर्छ । महाकवि शेक्सपिएरको सुन्दर कविता पढ्नको लागि पर्सिनेटलाई त्यो ठाँउ ज्यादै गजब लागेको छ । कवितामा सुन्दर पंक्तिसँग गाउन पात, हाँगाका दैवि गुञ्जनले राम्रो संगीत दिए र हरियालीको प्रिष्ठभूमि ठिक छ भनेर सिल्भेटी भन्छिन् । उनलाई कविता राम्रो लागेको छ अझ त्यो भन्दा पनि मार्मिक त उसको संगीतमय स्वर लागेको छ । तर पर्सिनेट यसलाई झुटो प्रशंसा गरेको भन्ठान्छ । सुस्केरा हाल्दै बिचारा प्रेमीहरू रोमियो र जुलिएटको भाग्य कति निर्दयी भएको र संसार उनीहरू प्रति कति निच भएको भनेर सिल्भेटि भन्छिन् । सिल्भेटिको अनुहार अचानक रातो हुन्छ । उनी सोचिराखेकी छिन् । तर पर्सिनेटसँग "केहि होइन" भनेर ढाँटिराखेकि छिन् । उनको आँखाको भावले उनी बाआमाको कारणले दु:खि भएको कुरा तर्लङ्ग बताउँछ । ती प्रेमीका बाहरूको एकअर्को प्रतिको घ्रिणाले बिभाजित गरि विछोडमा परिदिएको छ ।
       यही कुराले सिल्भेटिलाई दु:खि र प्राय एकान्तमा रूवाउँछ । गत महिना उनी कोन्भेन्ट स्कूलबाट घर फर्किदा उनको बुबाले त्यो पार्कतिर देखाउदै "त्यो मेरो पुरानो परम शत्रु बर्गामिनको गुफा हो । त्यो दुष्ट र उसको छोराबाट तिमी परै बस । हाम्रो परिवारलाई परापूर्ब कालदेखि घ्रिणा गर्ने तिनीहरूको परिवारलाई सधै आफ्नो शत्रु नठानेमा म तिमीलाई पनि त्यागिदिन्छु" भने । अनि त्यसपछि उनले पनि बचन दिइन् र बचनको पालना उनी त्यसरी गरिराखेकी छिन् । पर्सिनेटले पनि आफ्नो बुबालाई सिल्भेटीलाई सदाकोलागि घ्रिणा गर्छु भन्ने बचन दिएको भए पनि ऊ उनलाई प्रेम गर्छ । त्यो ज्यादै पाप कर्म भए पनि कसले उनीहरूलाई दोष दिने ? प्रेमीबाट आफूलाई जति टाढा राख्यो त्यति बढी उसलाई प्रेम गर्न मन लाग्छ । "सिल्भेटिलाई चुम्बन गर" भनेर उसले भनेपछि उनी बेञ्चबाट हाम्फालेर पर्खालबाट पर जान्छिन् ।
क्रमश :.......